७ जनवरी २०२१। हङकङ ।
डिसेम्बर ६ तारीख अपरान्ह करिब ५ बजे एक महिलाले आफ्नो १७ वर्षीय छोरा घरको झ्यालबाट हाम फालेको रिपोर्ट पुलिसलाई गरिन। वेस्ट काउलुनको १ अस्टिन रोड वेस्टमा पर्ने सोरेन्टो , युनियन स्क्वायरको आफ्नो निवासबाट खसेर सडकमा बेहोस भएको अवस्थामा उद्वारकर्मीहरु पुगेका थिए र घटनास्थलमै उनको मृत्यु भैसकेको कुरा उद्वारकर्मीले जानकारी दिए।
प्रहरीले उनको मृत शरीरलाई छोपी सडक अबरुद्ध गरि अनुसन्धान गर्ने थाले। प्रहरीले घटनास्थलमा सुसाइड नोट पनि फेला पारेका थिए । अनुसन्धानले बताए अनुसार मृत्यु पुर्व यी टिनएज युवा युकेमा अध्ययनरत थिए तर कोभिड महामारीको प्रकोप युकेमा बढेको कारण उनी केहि समय अघि हङकङ आएका थिए ।
उनीमा मानसिक तथा मनोवेगात्मक समस्या थियो एकातिर भने पढाइसंबंधी प्रेसर पनि थियो अर्कोतिर । उक्त घटना भएको बेला निजको आमा र घरेलुु कामदार पनि घरमै थिए ।लिभिङ रुम एरियाबाट अचानक उनले हाम फालेका थिए ।