क्रान्ति सुब्बा
हङकङको स्थानीय अंग्रेजी पत्रीका साउथ चाइना मर्निङ पोस्टका अनुसार मुलान टाइफुनले पश्चिमी ग्वाङ्डोङ, हेनान टापु र हङकङलाई प्रभाव पार्ने बताइएको छ।
हङकङ बेधशालाले अगस्ट ९ तारीख बिहान ११:२५ बजे नम्बर ३ टाइफुनको वार्निङ सिग्नल जारी गरेको छ जस अनुसार हावाको बेग प्रती घन्टा ४१ किमि देखि ६२ किमि रहने अपेक्षा गरिएको छ। टाइफुन नम्बर ३ बिहान २ बजे सम्म रहनेछ।
यो समुद्री हुन्डरी हङकङ तर्फ बढेपछि किन्डरगार्टन र सुस्त मनस्थिति तथा अपांग स्कुलका कक्षाहरु निलम्बन गरिएको सूचना शिक्षा व्युरोले बिहान ९:४७ बजे जारी गरेको थियो ।
आज टाइफुन मुलानले पानीझरी हावाले भरिएको मौसम भित्र्याउदै भोलि अगस्ट १० तारीख हाइनान द्विप र पश्चिमी ग्वाङ्डोङ प्रदेशमा दखल पुर्याउछ भनिएको छ।


ग्वाङ्झाउ र शेन्जेनका धेरै जिल्लाहरूले टाइफुनको लागि श्वेत चेतावनी जारी गरेका छन्।
श्वेत चेतावनीले दैनिक जीवनलाई असर गर्दैन तर मानिसहरूलाई आँधी-सम्बन्धित समाचार र सूचना प्रति चनाखो रहन ध्यानाकर्षण गर्दछ।
स्थानीय रूपमा हावाको गति तेज भएमा र आँधीको स्तर सघन भएमा टाइफुनको नम्बर बढाइनेछ बेधशालाको बुलेटिनमा भनिएको छ।