क्रान्ति सुब्बा

जुन ९ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६७४
.पिसिआरबाट पत्ता लागेको केस: ३३२
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३४२ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.कुल संक्रमित संख्या : १,२१६,८४२ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९०( वर्ल्डोमिटर )

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका ३३२ जनामध्ये ५२ जना अस्पताल प्राधिकरणले, ३६ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी २४४ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.आयातित केस संख्या : ७३ जना
.एयरपोर्टमा पत्ता लागेको केस: ३८
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : २८
. हङकङ अवतरण भएको सात दिनपछि संक्रमित केस:७

. नर्सिङ होमबाट आएको केस संख्या : ०
.२ वटा अपांग गृहबाट आएको केस : २ जना कर्मचारी । क्लोज कन्ट्याक्ट सुचीमा २७ जना परेकाछ्न।

.आज ८१ वटा स्कुलबाट ९० वटा पोजिटिभ केस आएका थिए जसमा ६८ जना  विद्यार्थी र २२ जना शिक्षक परेका थिए । संक्रमित मध्ये दुई वटा केस काउलुन तङ फनफुल इङलिस प्राइमरी स्कुलबाट आएको थियो । यस स्कुलबाट संक्रमित हुनेको कुल संख्या १७ पुगेको छ।

यसैबीच तो क्वा वानस्थित पो ल्यङ कुक लाम मान चान इङलिस प्राइमरी स्कुलका कक्षा ६ए का चार जना शिक्षक र विद्यार्थी संक्रमित भएका थिए । २५ जना विद्यार्थी रहेको उक्त कक्षा एक साताका लागि स्थगित गर्न सिफारिस गरिएको थियो ।

.अन्य देशको रिपोर्ट अनुसार बिए.४ र बिए.५ छिटो गरेको देखिएको छ। तर यसले बिरामीलाई गम्भीर अवस्थामा पुर्याउने वा मृत्यु नै गराउने सम्भावना हालमा देखिएको छैन र दुई सबवेरियन्टबाट पुन: संक्रमण हुने सम्भावना पनि अन्य भेरिएन्ट स्ट्रेनहरू भन्दा धेरै फरक नहुने स्वास्थ्य अधिकारीले बताइन।

.३५ नम्बर पोटिङ्गर स्ट्रीट,सेन्ट्रलमा रहेको डान्स फ्लोर नभएको  लिन्क( LINQ) बारबाट ४ वटा केस आएका थिए । यो क्लस्टर अन्तर्गत संक्रमित हुनेको संख्या ९९ पुगेको छ । संक्रमित हुनेको उमेर समूह रहेको छ १७ देखि ६० वर्ष ।

.सेन्ट्रलको लान क्वाइ फङमा रहेको सफ्फल नाइट क्लब बाट १३ वटा नयाँ केस आएका थिए। यो क्लस्टरबाट हालसम्म १०४ जना कस्टमर र ६ जना स्टाफ संक्रमित भएका छ्न। केहि कस्टमर आइरन फेरिज वा लिन्क बार पनि गएका थिए ।

.सरकारले तोकेको विभिन्न  क्वारेन्टाइन होटलमध्ये एक रिगाला स्काइ सिटि होटलमा पार्ट टाइम काम गर्ने एक जना ४६ वर्षकि महिला ओमिक्रोन सब भेरिएन्ट बिए.४ वा बिए.५ द्वारा संक्रमित भएको शंका गरिएको थियो । उनी तुङ चुङको यात तङ एस्टेटमा बस्छिन।
हङकङमा बिए.४ बाट संक्रमित आयातित केसको संख्या २३ पुगेको छ। त्यस्तै बिए.५ बाट संक्रमित हुने आयातित केसको संख्या ३५ पुगेको छ। हङकङमा बिए. ५ बाट संक्रमित  स्थानीय  केस एउटा रहेकोे छ।

.हङकङमा हालसम्म ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित आयातित केसको संख्या ११२ पुगेको छ। यो भेरिएन्टबाट संक्रमित हुने आज थपिएका ८ केसमा ७ वटा स्थानीय केस थिए । यो भेरिएन्टबाट संक्रमित हुने स्थानीय केसको संख्या ६२ पुगेको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना ८९ वर्षका तीन वटा खोप लगाइसकेका पुरुष जो मुटुको समस्याबाट पीडित थिए ।

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३७५
.क्रीटिकल  बिरामीको संख्या : १३
. सिरियस बिरामीको संख्या : ६
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ४८ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४०  “

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: १
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: १

तपाईको प्रतिक्रिया