क्रान्ति सुब्बा
जुन ८ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५५८
.पिसिआरबाट पत्ता लागेको केस: २५७
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३०१ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )
.कुल संक्रमित संख्या : १,२१६,२२८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३८९ ( वर्ल्डोमिटर )
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका २५७ जनामध्ये ५० जना अस्पताल प्राधिकरणले, २७ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी १८० जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए ।
.आयातित केस संख्या : ६३ जना
.एयरपोर्टमा पत्ता लागेको केस: १६
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ३८
.सात दिनको आइसोलेसन सकिएपछि संक्रमित केस: ९
.एक जना बिरामी हङकङ आएको नवौं दिनमा पोजिटिभ पुष्टि भएका थिए । ती संक्रमित व्यक्ति २९ मेमा युकेबाट हङकङ आएका थिए । क्वारेन्टाइन होटेलबाट निस्किएपछी ती पुरुष हुङ हमको चाथम रोड स्थित चाथम गेट टावर २ मा बसेका थिए । इन्क्युवेसन अबधिमा उनी L452R अथवा बिए.४ वा बिए.५ बाट संक्रमित थिए । इन्क्युबेसन अवधिमा उनी कजवे बेमा रहेको ए.टि.ए.एस रेस्टुरेन्ट किनाबाजी कोरियन क्याफे र हार्वर सिटिमा रहेको एउटा रेस्टुरेन्टमा गएका थिए ।
. नर्सिङ होमबाट आएको केस संख्या : २ ( कर्मचारी )
.अपांग गृहबाट आएको केस : १
.आज ८७ वटा स्कुलबाट ९४ वटा पोजिटिभ केस आएका थिए जसमा ६१ जना विद्यार्थी र ३३ जना शिक्षक परेका थिए । संक्रमित मध्ये दुई वटा केस काउलुन तङ फनफुल इङलिस प्राइमरी स्कुलबाट आएको थियो । नर्थ पोइन्ट स्थित क्याङसु एन्ड चेक्याङ प्राइमरी स्कुल इन्टरनेसनल सेक्सनबाट एउटा केस आएको थियो ।
सिंगापुर इन्टरनेसनल स्कुल (hk) बाट दुई जना शिक्षक र एक जना कामदार संक्रमित भएका थिए । किटाणु शोधन कार्य सम्पन्न गर्न स्कुल एक या दुई दिन बन्द हुने भएको थियो ।
.३५ नम्बर पोटिङ्गर स्ट्रीट,सेन्ट्रलमा रहेको डान्स फ्लोर नभएको लिन्क( LINQ) बारबाट दुइ वटा केस आएका थिए । यो क्लस्टर अन्तर्गत संक्रमित हुनेको संख्या ९५ पुगेको छ । संक्रमित हुनेको उमेर समूह रहेको छ १७ देखि ६० वर्ष । यो बारबाट आएको भाइरसको नमुना आइरन फेरिज बारको केस संग मेल खाएको छ।
स्वास्थ्य अधिकारीका अनुसार तीन जना संक्रमितहरु मे २१ का दिन आइरन फेरिज र मे २८ का दिन लिन्क बारमा गएका कारण यो क्लस्टर एकापसमा संबंधित भएको विश्वास गरिएको छ ।
.सेन्ट्रलको लान क्वाइ फङमा रहेको सफ्फल नाइट क्लब बाट केहि नयाँ केस आएका थिए ।
.हङकङमा आयातित ओमिक्रोन सबभरिएन्ट बिए.४ द्वारा संक्रमित केस संख्या २३ पुगेको छ। सबभेरिएन्ट बिए.५ द्वारा संक्रमित हुनेको संख्या ३५ पुगेको छ र एउटा शंकास्पद बिए.५ संबंधी लोकल केस पनि अस्तित्वमा आएको छ।
.ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ द्वारा संक्रमित हुनेको आयातित कुल संख्या १११ र लोकल कुल केस संख्या ५१ पुगेको छ। यो सब भेरिएन्ट अन्तर्गत आज थप १४ वटा लोकल केस आएका थिए । आज थपिएका केस मध्ये एक जना हुन ५२ वर्षकि महिला जो ताइ कु शिङको काउ सान टेरेसको लु सान मेन्सनमा बस्छिन । अन्य ३ जना संक्रमित एउटै परिवारका हुन जो स्यङ सुइ स्थित ताइ पिङ एस्टेटको पिङ हेइ हाउसमा बस्छ्न। अर्का एकजना संक्रमित भने एक ४६ वर्षकि महिला जो चुङ क्वान वो स्थित रेसिडेन्स ओइसिसको टावर ६ मा बस्छिन।
हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,१७६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
.औसत मृत्यु दर : ०.७६४%
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३७०
.क्रीटिकल बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : ५
.आइसियुमा कृटिकल बिरामीको संख्या : ४
.निको भएको बिरामीको संख्या : ५२ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४६ “
.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: १
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: १
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,६१७
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,४७३