क्रान्ति सुब्बा

रिपोर्टको भिडियो हेर्न तल क्लिक गर्नुहोस

जुन ४ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४४६
.पिसिआरबाट पत्ता लागेको केस: १७६
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : २७०
.७२ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएका थिए ।
.कुल संक्रमित संख्या : १,२१४,६३८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३८२ ( वर्डोमिटर)

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १७६ जनामध्ये २८ जना अस्पताल प्राधिकरणले, ३२ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ११६ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.आयातित केस संख्या : ६४ जना
.एयरपोर्टमा पत्ता लागेको केस: ३०
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : २४
.हङकङ आएको ७ दिनपछी १० वटा केस कम्युनिटी टेस्टिङ सेन्टरमा पत्ता लागेका थिए ।

. नर्सिङ होमबाट आएको केस संख्या : ०
.अपांग आश्रमबाट आएको केस : १ जना क्लिनर। आश्रमवासी ३ जना क्लोज कन्ट्याक्ट सुचीमा परेका थिए ।

.क्रिश्चियन एन्ड मिसनरी एलाएन्स सन केइ प्राइमरी स्कुलका ५ जना विद्यार्थी संक्रमित भएका थिए । ती मध्ये ४ जना एउटै कक्षाका विद्यार्थी थिए । उक्त कक्षा ९ तारीख बिहीबार सम्मको लागि निलम्बन गरिएको छ।


.हङकङ सोसाइटी फर द प्रोटेक्सन अफ चिल्ड्रेन (hkspc) अपरेसन सान्ता क्लज फेन्लिङ नर्सरी स्कुलबाट ३ जना संक्रमित भएका थिए ।
.हङकङ व्याप्टिस्ट युनिभर्सिटी एफिलेटेड स्कुल वङ काम फाइ सेकन्डरी र प्राइमरी स्कुलबाट पनि शिक्षक र विद्यार्थी संक्रमित भएका थिए फलस्वरूप फ्रेन्च क्लास हप्ताको लागि निलम्बन भएको छ।

.हङकङको सेन्ट्रलमा रहेको जेन्ट्रल क्लस्टरबाट थप २ वटा  केस आएका थिए । जेन्ट्रल क्लबको ठेगाना हो- ४-५फ्लोर , क्यालिफोर्निया टावर, ३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल । यो क्लस्टरबाट संक्रमित हुने केस संख्या ३५ पुगेको छ जसमा १७ देखि ३० वर्ष बीचका १८ जना पुरुष र १७ जना महिला रहेका छ्न।

. आइरन फेरिज एन्ड जे. बोरोस्की नामक बार क्लस्टरबाट  थप ३ वटा केस आएका थिए ।  उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल। यो क्लस्टरबाट संक्रमित हुनेको कुल केस  संख्या ५३ पुगेको छ जसमा १८ देखि ५८ वर्ष बीच ५१ जना कस्टमर र २ जना स्टाफ परेका छ्न।

.३५ नम्बर पोटिङ्गर स्ट्रीट , सेन्ट्रलमा रहेको डान्स फ्लोर नभएको  लिन्क( LINQ) बारबाट एकैदिनमा ४४ वटा केस आएका थिए । यो क्लस्टर अन्तर्गत संक्रमित हुनेको संख्या ६५ पुगेको छ जसमा १८ वर्ष देखि ४१ वर्ष बीचका ४० जना पुरुष र २५ जना महिला परेका छ्न।

.सेन्ट्रलको लान क्वाइ फङमा रहेको सफ्फल नाइट क्लब मा फुटेको संक्रमणको नयाँ प्रकोपबाट २८ वटा नयाँ केस आएका थिए । यो क्लस्टरबाट संक्रमित हुनेको कुल केस संख्या ४२ पुगेको छ जसमा २८ जना महिला र १४ जना पुरुष परेका छ्न।

.ताइकु सिङ निवासी एक ७० वर्षकी महिला अज्ञात स्रोतबाट ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ द्वारा संक्रमित भएकी थिइन । इन्क्युवेसन अवधिमा उनी चुङ क्वान वोको पपकर्न रेस्टुरेन्ट र वान चाइको एउटा रेस्टुरेन्टमा गएकी थिइन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१६८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
.औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३५१
.क्रीटिकल  बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ६
.निको भएको बिरामीको संख्या : ३६ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : २५      “

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: १
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: २

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,४९९
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,४०९

तपाईको प्रतिक्रिया