क्रान्ति सुब्बा
जुन १ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५०५
.पिसिआरबाट पत्ता लागेको केस: १५१
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३५४
.कुल संक्रमित संख्या : १,२१३,२०४(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७९
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १५१ जनामध्ये ३१ जना अस्पताल प्राधिकरणले, १४ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी १०६ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए ।
.आयातित केस संख्या : ३४ जना
.एयरपोर्टमा पत्ता लागेको केस: ११
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १८
५ वटा आयातित केस हङकङ आएको ७ दिन पछि पत्ता लागेका थिए ।
. नर्सिङ होमबाट आएको केस संख्या : ०
.अपांग गृहबाट आएको केस संख्या : ०
.हङकङका विभिन्न ३५ वटा स्कुलबाट जम्मा थप ३९ वटा नयाँ केस आएको थियो। जसमा २४ जना विद्यार्थी र १५ जना शिक्षक परेका थिए । पोक ओइ अस्पताल ताङ पुइ किङ मेमोरियल कलेजबाट २ वटा केस थपिएको थियो । यस स्कुलका पार्ट टाइम बास्केटबल कोच जेन्ट्रल क्लब पहिला गएका थिए ।
.हङकङको सेन्ट्रलमा रहेको जेन्ट्रल क्लस्टरबाट थप ४ वटा केस थपिएका थिए । जेन्ट्रल क्लबको ठेगाना हो- ४-५फ्लोर , क्यालिफोर्निया टावर, ३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल । यो क्लस्टरबाट संक्रमित हुने कुल केस संख्या ३१ पुगेको छ जसमा १७ देखि ३० वर्ष बीचका १५ पुरुष र १६ महिला परेका छ्न ।
. आइरन फेरिज एन्ड जे. बोरोस्की नामक बार क्लस्टरबाट थप १७ वटा केस आएका थिए । उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल। यो बारबाट थप संक्रमित भएका मध्ये २ जना स्टाफ मेम्बर ( १ जना वेटर र १ जना बार टेन्डर ) र १५ जना कस्टमर परेका थिए । कुल केस संख्या ४९ पुगेको छ जसमा ४७ जना कस्टमर २ जना स्टाफ परेका थिए ।
माथि उल्लेख गरिएको २ वटा बारमा गएका ग्राहक वर्गलाई अनिवार्य परिक्षणमा जान अनुरोध गरिएको थियो ।
.सेन्टर फर हेल्थ प्रोटेक्सनले ओमिक्रोन उपभेरिएन्ट बिए.४ बाट संक्रमित थप एउटा आयातित केस पत्ता लगाएको थियो । यो संस्करणबाट संक्रमित हुनेको संख्या हङकङमा १४ पुगेको छ।
.एकजना कार्गो क्रीउ मेम्बर ओमिक्रोन सब भेरिएन्ट बिए.५ बाट संक्रमित भएको प्रमाणित भएको थियो।
हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,१६६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १
. मृत्यु हुनेमा एक ८८ वर्षकी खोप नलाएकी परेकी थिइन। उच्च रक्तचाप र अन्य दीर्घ रोगबाट पीडित रोगीलाई स्ट्रोक भएको थियो
औसत मृत्यु दर : ०.७६४%
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३९२
.क्रीटिकल बिरामीको संख्या : १०
. सिरियस बिरामीको संख्या : ८
.आइसियुमा कृटिकल बिरामीको संख्या : ५
.निको भएको बिरामीको संख्या : ६४
.डिस्चार्ज भएको बिरामीको संख्या : ५१
.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: ०
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: ०
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,२७४
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,२३३