न्युयोर्क , अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो वार्षिक साधारण सभा यही मे ८ तारीख न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न गरेको छ। संस्थापक अध्यक्ष श्याम मेन्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले वार्षिक निति तथा योजनालाई पारित गरेको थियो ।
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/05/received_9997728575787407753856974031973186.jpeg)
सन २००४ सालमा अमेरिकामा चुम्लुङ स्थापना गर्ने संस्थापक अध्यक्ष श्याम मेन्याङबोलाई दोसलल्ला ओढ़ाई सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाका सदस्यहरूले एक हजार डलर शुल्क बुझाई आजीवन सदस्यता पनि लिएका थिए ।
भेलामा उपस्थित महानुभावहरूले भावी निति तथा कार्ययोजनामा के कस्ता कुराहरु समेटनेबारे सुझाव पेश गरेका थिए । २०२२/२३ सालको लागि संकलित सुझावलाई कार्यसमितिले यथाशक्य कार्यान्वयन गर्ने प्रतिबद्धता अध्यक्ष सुमन थाम्सुहाङले जाहेर गरे।
स्मरण रहोस गत साता डा चैतन्य सुब्बाको स्मृतिमा चुम्लुङले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो।
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/05/received_6780222832687206630676515323061235.jpeg)
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/05/received_5367102813714698367628528703897688.jpeg)