क्रान्ति सुब्बा
मे ७ तारीख शनिबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २७८
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११५
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६३
.कुल संक्रमित संख्या : १,२०६,०४१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३४४
.आयातित केस संख्या : १८ जना
.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०
.एयरपोर्टमा पत्ता लागेका १० जना मध्येमा ३ जना चेक रिपब्लिक, अमेरिका र नेदरल्यान्डबाट फ्लाइट नम्बर TK083 मार्फत आएका थिए । २ जना फिलिपिन्सबाट फ्लाइट नम्बर 5J115 मार्फत , २ जना क्यानाडाबाट फ्लाइट नम्बर CX829 मार्फत , एक जना एम्स्ट्रेडमबाट र एक जना क्यानाडाबाट फ्लाइट नम्बर TR300 मार्फत आएका थिए । र बाकी रहेका ३ जना यात्रु अमेरिका, फिलिपिन्स र फ्रान्सबाट आएका थिए ।
. निर्धारित क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस संख्या : ७
.क्वारेन्टाइन होटेलमा पोजिटिभ भएका ७ जना मध्ये २ जना सिंगापुरबाट आएका थिए , १ जना अष्ट्रेलियाबाट , १ जना फ्रान्सबाट , २ जना नेपालबाट , १ जना नेदरल्यान्डबाट आएका थिए ।
. हालै जारी जिनोम बिश्लेषणले ३ वटा थप केसमा ओमिक्रोनको सब भेरिएन्ट अर्थात उप प्रजाती बिए.२.१२ र बिए.२.१२.१ भेटिएकोछ।
.हङकङमा रेकर्ड भएको ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२ बाट संक्रमित कुल केस संख्या : ६ जना। जसमा २ पुरुष ,४ महिला रहेकाछ्न जो ८ अप्रिल देखि ३० अप्रिलको समयावधिमा अष्ट्रेलिया ,इन्डिया , क्यानाडा र अमेरिकाबाट आएका थिए ।
.हङकङमा रेकर्ड भएको ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित कुल केस संख्या : ७ जना । जसमा २ पुरुष , ५ महिला परेका छ्न जो १२ अप्रिल देखि ३ अप्रिल बीचको समयावधिमा अमेरिका र सिंगापुरबाट आएका थिए ।
.नयाँगरि पुष्ठि भएका ११५ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २७
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : २७
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ६१
.८४ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ७१ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल लोड यथेष्ट नभएपछि ५ वटा केसको नतिजा निश्चित हुन सकेन।
हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,१३१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
.औसत मृत्यु दर: ०.७६५%
.अस्पताल भर्नारत भएका बिरामीको संख्या : १,००९
.क्रीटिकल बिरामीको संख्या : ०
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : २
.हिजो निको भएका बिरामीको संख्या :१५०
.डिस्चार्ज भएका बिरामीको संख्या : १०६
.अस्पताल भर्नाको सिलसिलामा स्क्रीनिङ हुँदा २ जना पोजिटिभ भएका थिए र २ जना क्लोज कन्ट्याक्टमा परेका थिए ।
. हस्पिटल अथोरिटीको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२२,६१२
.निको भएर काम फर्किएका कर्मचारीको संख्या : २२,४७२
युन लङको रेस्टुरेन्टमा संक्रमण
.युन लङको १० नम्बर साइ चिङ स्ट्रीट स्थित पोनि गोल्डेन कोर्ट हटपट रेस्टुरेन्टमा संक्रमणको मुल फुटेको थियो जहाँका ४ जना कस्टमर संक्रमित भएका थिए । जसमा ४७ देखि ६६ वर्ष बीचका ३ जना पुरुष र १ जना महिला परेका थिए । कुनै संक्रमित जनले एक आपसलाई चिन्दैन थिए । मे १ तारीखका दिन बिहान ६:३० देखि बिहान ९ बजेको समयमा सो रेस्टुरेन्टमा बसेर खाएका थिए । ती मध्ये एक जनामा कुनै लक्षण देखिएको थिएन । संक्रमित चारै जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। अहिले सम्म उनीहरुको संसर्गमा आएको ७ जनाको पहिचान भएको छ। पहिचान गरिएका मध्ये एक जनामा पोजिटिभ देखिएको छ।
संक्रमित मध्ये एकजना हङकङ जोकि क्लब रेसिडेन्सिएल केयर होम फर एल्डरलीमा काम गर्दथे। त्यस नर्सिङ होमका तीन जना वयोवृद्ध निवासी र एक जना कर्मचारी संक्रमितको क्लोज कन्ट्याक्ट भएको पुष्टि भएको थियो । ती कर्मचारी पनि आज बिहान पोजिटिभ पुष्टि भएका छ्न।
मे १ तारीख बिहानको प्रहरमा उक्त रेस्टुरेन्टमा उपस्थित सम्पूर्णलाई कल्पल्सरी टेस्टिङ नोटिस स्वास्थ्य बिभागले गर्ने भएको छ। सो समयमा करिब १९० जना व्यक्ति चमेना ग्रहण गर्न उपस्थित भएका थिए । उक्त रेस्टुरेन्टका ५० जना जति कर्मचारीको परिक्षण नतिजा नेगेटिभ आइसकेको छ। आठ थान वातावरणीय नमुना रेस्टुरेन्टबाट आज बिहान संकलन गरिएको छ जसको नतिजा आइसकेको छैन।