क्रान्ति सुब्बा

कार्यकारी प्रमुख क्यारी लामको भनाइ सुन्न तल क्लिक गर्नुहोस

अप्रिल २६ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३४७
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २०५
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४२
.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०२,६३८ (वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : १२ जना
.आयातित मध्येमा ३ जना क्याथे प्यासिफिक फ्लाइट र २ जना सिंगापुर एयरलाइन्सबाट  हिजो आइपुगेका थिए ।

.आज पुष्टि २०५ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६०
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ३८
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: १०७
.११० वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए। १०६ वटा केस ओमिक्रोन भेरिएन्टवाला थियो । भाइरल लोडको गणक संख्या नपुगेका कारण ४ वटा केसको नतिजा सुनिश्चित भएन।

.हङकङका विभिन्न १९ वटा स्कुलबाट जम्मा २० वटा नयाँ केसहरु आएका थिए हिजो १९ वटा होइन। आज भने जम्मा १३ वटा केसहरु विभिन्न स्कुलबाट आएका छ्न। जसमा ११ जना रयापिड एन्टिजेन टेस्टबाट र २ जना न्युक्लिक एसिड टेस्टबाट संक्रमित ठहर भएका  छ्न। संक्रमित हुनेमा १० जना विद्यार्थी र ३ जना शिक्षक परेका छ्न।हङकङमा जम्मा ६१७ वटा स्कुलहरु पुन संचालनमा आएका छ्न।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : १,८६८
.हाल क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : ३
.आइसियु रहेका संख्या : १६

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०६१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ७
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : ७
.१ जना ९१ वर्षका बिरामी जसको देहावसान २४ अप्रिलमा भएको थियो ।
.गत २४ घन्टामा मृत्यु हुनेमा ७५ वर्ष देखि ९६ वर्ष बीचका १ जना पुरुष र ५ जना महिला थिए । सबै मृतक ६५ वर्ष माथिका थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ४
.खोप नलाएका मृतकको संख्या : ३
.एक खोप लगाएका मृतकको संख्या : २
.दोस्रो  खोप लगाएका मृतक संख्या : ०
.३ खोप लगाएका मृतक संख्या : १

.डिस्चार्ज संख्या : १६० ( गत २४ घन्टामा)
.निको भएका : २५५ जना
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ४ जनामा पोजिटिभ देखिएको थियो र १० जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,२९६
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २१,७२२


वयोवृद्ध अझै खतरामा

नर्सिङ होमवासी  वृद्धहरूको खोप दर यदि ९० प्रतिशत पुग्न असफल भएमा नर्सिङ होमले कोभिड महामारीको छैठौं लहर आइहालेमा त्यसलाई  सामना गर्न असक्षम हुनेछ  एल्डरली सर्भिस एसोसिएसन अफ हङकङले  अप्रिल २५ तारीख २०२२ मा जनाएको थियो ।

हङकङमा आएको  पाँचौ लहरले सहरका ९८ प्रतिशत नर्सिङ होमलाई संक्रमित तुल्यायो परिणामस्वरूप करिब ५,००० वृद्धको मृत्यु भएको थियो एसोसिएसनले भन्यो।

हालमा केयर होम निवासी ६८ प्रतिशत वृद्धहरुले पहिलो खोप लगाएका छ्न जुन खोप दरले प्रकोपको सम्भावित छैठौं लहर आइहालेमा सामुहिक रोग  प्रतिरोधात्मक पर्खाल निर्माण गर्न सक्दैन ।

एसोसिएसनका अध्यक्ष केनेथ चान चि-युकले केयर होममा रहेका करिब ५,८०० वृद्धलाई उनीहरूका परिवारका सदस्यहरूले  खोप लगाउन नदिएको  बताए।  सरकारले खोप अस्वीकार गर्नेहरूको संख्या घटाउन खोप बारे  थप जानकारी दिने र खोप विकल्पहरू उपलब्ध गराउनेछ भन्ने कुरामा केनेथ आशावादी रहेका छ्न।


मास टेस्टिङ अझै अनिश्चित

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कार्यकारी परिषदको बैठकमा सहभागी हुन पुर्व हङकङमा अनिवार्य आम कोभिड परिक्षण अर्थात कम्पल्सरी युनिभर्सल टेस्टिङबारे ठोस निर्णय गर्ने उचित समय अझै नभैसकेको बताइन।

सरकारी निकायहरु अझै पनि  शहरमा कोभिडको स्थिति कस्तो हुदैछ नियाली रहेको उनले जानकारी दिइन।
उनले महामारी शहरबाट लोप हुदै गरेको संकेत देखिन थालेको र जनजीवन सामान्यकरण हुने मार्गमा आएको पनि रिपोर्टरलाइ बताइन।

पहिलो चरणको सामाजिक दुरि सम्बन्धि नियम अप्रिल २१ तारीख बिहीवारबाट खुकुलो भैसकेको छ। यदि कोभिड केसमा अकस्मात वृद्धि नआएमा दोस्रो चरणको सामाजिक दुरि खुकुलो पार्ने नियम मे महिनाको अन्तमा कार्यान्वयन हुनेछ लामले भनिन।


तपाईको प्रतिक्रिया