क्रान्ति सुब्बा

अप्रिल २५ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४३१
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २४२
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १८९
.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०२,२९१ (वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : १६ जना
.आयातितबाट ७ जना हिजो आइपुगेका थिए भने ९ जना पहिल्यै आएका थिए ।


.डाक्टर च्वाङ सुक क्वानले आयातितमा एक जना नेपालबाट आएका एक पुरुष  यात्रु रहेको बाताइन। नेपालबाट हङकङ आएको १२ दिन पछि उनी संक्रमित भएका थिए । ती यात्रु नेपाल रहेको बेला फेब्रुअरी १ तारीख  संक्रमित भएका थिए  र अप्रिल १२ तारीख  हङकङ आएका हुन । हङकङ आएपछि उनलाई  पुन संक्रमण भएको हुन सक्ने बताइएको छ। उनी हङकङका वासिन्दा हुन र गत वर्ष अप्रिल महिनामा खोप दुई डोज लगाएका थिए ।
संक्रमणको कुनै लक्षण उनमा देखिएको थिएन र उनको नमुनामा सिटि मापन १९ देखि २७ को बीचमा देखिएको थियो ।स्वास्थ्य अधिकारीले उक्त केसको यथार्थ पत्ता लगाउन जेनेटिक सिक्वेन्सिङ गर्ने भएका छ्न।

.आज पुष्टि २४२ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६७
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ४७
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: १२८
.९६ वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए।

.आजदेखि ६ सय भन्दा बढी स्कुलहरु पुनः संचालनमा आएका छ्न। हङकङका विभिन्न १९ वटा स्कुलबाट १९ वटा नयाँ केसहरु आएकाछ्न। जसमा १४ जना रयापिड एन्टिजेन टेस्टबाट र ५ जना न्युक्लिक एसिड टेस्टबाट संक्रमित भएका छ्न। संक्रमित हुनेमा १३ जना विद्यार्थी र ६ जना शिक्षक परेका छ्न।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : २,००२
.हाल क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : ३
.आइसियु रहेका संख्या : १६

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०५४
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ११
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : १८
. गत २४ घन्टामा मृत्यु हुनेमा ७२ वर्ष देखि ९५ वर्ष बीचका ७ जना पुरुष र ४ जना महिला थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ६
.खोप नलाएका मृतकको संख्या : ६
.एक खोप लगाएका मृतकको संख्या : २
.दोस्रो  खोप लगाएका मृतक संख्या : ३
.३ खोप लगाएका मृतक संख्या : ०

.डिस्चार्ज संख्या : ६२ ( गत २४ घन्टामा)
.निको भएका : १३९ जना
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ६ जनामा पोजिटिभ देखिएको थियो र ७ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,२६६
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २१,६९२


कोभिड नियम थप खुकुलो गर्न सुझाव

. हङकङका माइक्रोवायोलोजिस्ट हो पाक ल्यङले  जनजीवनलाई सामान्य तुल्याउन हङकङले आयातित केसलाइ नियन्त्रण गर्न अपनाएको उडान निलम्बन संयन्त्र खारेज गर्दा हुन्छ भनेका छ्न। यो संयन्त्रले जनजीवनलाइ सामान्य तर्फ फर्काउन कुनै टेवा नपुर्‍याएकोले यदि भ्याक्सिन पास उल्लेख्य ढंगले  बिस्तार गर्दै  भ्याक्सिन दर बढाउन सकेमा यसलाई खारेज गर्ने विकल्प अघि सारेका हुन।
स्मरण रहोस हङकङ सरकारले मे १ तारीखबाट कुनै पनि फ्लाइटमा संक्रमित यात्रुको संख्या ५ जना पुगेमा संबंधित प्लेनलाइ एक हप्ताको लागि  अवतरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । हालमा तीन जना यात्रु भएमा प्रतिबन्ध हुने नियम छ।

उनको दृष्टिमा बरु नयाँ भेरिएन्ट यदि देखिएमा त्यस्तो स्थानबाट आउने जहाजलाई  रोक्दा हुन्छ । विगतका केही लहर पनि आयातित केसका कारण होइन क्वारेन्टाइन होटेलहरुमा संक्रमण साङलाहरु उत्पन्न भएर भएको उनले औंल्याए ।

त्यसो त संक्रमण रोग विशेषज्ञ आइभन हुङले हङकङका ४० लाख भन्दा बढी नागरिक संक्रमित भैसकेका छ्न जसले समाजमा यथेष्ट इम्युन बेरियर ( संक्रमणलाई रोक्ने तगारो ) बनाइसकेको छ । त्यसैले अबको दुई हप्तामा सरकारले सामाजिक दुरिको नियमलाई अझ खुकुलो बनाउदा हुन्छ भनेका छन।

तपाईको प्रतिक्रिया