काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई धोएर साबुनका डल्ला र ड्रमका ड्रम पानी मात्रै सकिएको टिप्पणी गरेका छन् ।
ओली समूहले बुधबार काठमाडौंमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी सत्ता कब्जा गर्ने भन्ने मात्रै रहेको बताए ।
आफूले मित्रताले अङ्गालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अङ्गालो मारेको टिप्पणी ओलीले गरे । जालझेल, षड्यन्त्रकारी राजनीति छाड्नुस्, राजनीति भनेको इमान्दारीपूर्वक देश र जनताको सेवा गर्नु हो, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, धेरै स्याम्पू खर्च भो, ड्रममा ड्रम पानी, ट्याङ्कीका ट्याङ्की पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’
ओलीले अघि भने, साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा तपाईंहरुले देखिहाल्नुभयो के हुँदोरहेछ ।’
प्रचण्डले वामपन्थीसँग मिलेर चुनाव चड्ने अनि सरकार बनाउँन काँग्रेससँग पहल गरेको बताए ।