रिमन लिम्बु
१३ फेब्रुअरी २०२२ साल आइतबार ।
सधैं झैं मेरो हाइकिङ जाने दिन। बिहान ६.३० बजे घडीको अलार्मले मलाई उठने आदेश दियो । बिहानकाे दैनिक काम सकाएर ९.३० बजे साथीलाई अस्टिन स्टेसनमा भेटने वाचा अनुरूप म रेल स्टेसन पुगें ।
साथीसंग पाइन एप्पल माउन्टेन जाने सल्लाह भएकोले रेल चढेर सिउ होङ पुगियाे। त्यहाँको सौचालयकाे ऐनामा हेर्दा दूबै आँखाको कुना कुनामा रगत जमेको जस्तो रातो भएको देखेँ । कता कता डर पनि लाग्याे । तर राति अबेर सुतेको र बिहान छिटो उठेकोले निद्रा नपुगेर यस्तो भएको होला भन्ने सोचेर त्यो दिनको यात्रा पुरा गरेर आइयो।
भोलिपल्ट सोमबार बेलुकि ७ बजेतिर खाना बनाउदै गर्दा अचानक टाउकाे दुख्नु थाल्याे । शरीर पनि काराक कुरूक दुख्नु थाल्याे। आँतज्वरो आको जस्तो जाडो लाग्नु थाल्यो। नभन्दै साच्चैकाे ज्वराे र टाउकाे दुखाईले ज्यान लाई ढलायो। शारीरिक दुखाई पनि उतिकै थियाे अब शंका लाग्न थाल्याे कतै ओमिक्रोन (Omicron) डनले त मलाई छुएन?
त्याे रात भरि निकै साराे पारयो मलाई। सिटामाेल खाएर सुते पनि केही अथवा बनाएन। त्याे रात टाउकाे दुखाईले सुत्न सकिन। बिहान उठेर जाउलो बनाई खाएर फेरि सिटामाेल खाएर सुतें। २ घन्टा पछि फेरि ज्वराे र टाउकाे दुख्नेले सताई रहयाे । दिउसाे फेरि सिटामाेल खाएँ । यसरी समय समयमा सिटामाेल खादै बसेँ । मङलबार १५ तारीख बेलुका भेनाले रयापिड एन्टिजेन टेस्ट कीट (Rapid antigen test kit) किनेर ल्याउनु भयाे र टेस्ट गर्दा भेनाकाे नेगेटिभ र मेराे चाहिँ पोजिटिभ रिजल्ट आयो । अब बल्ल थाहा भयो आइतबार बिहान मेरो आँखा किन रातो भएको रहेछ भनेर।
एन्टिजेन टेस्ट किटमा पोजिटिभ आएको कुरा स्वास्थ्य बिभागलाई अवगत गराउँदा एन्टिजेन किटले गरेको नतिजा शतप्रतिशत निश्चित नहुने हुनाले एक पटक कम्युनिटी टेस्ट सेन्टर मा नै टेस्ट गर्ने सल्लाह दियो । सोही अनुरुप १६ तारीख भेना र म फेरि टेस्ट गर्न गयौं।
भोलि पल्ट १७ तारीख भेना र मेरो नै पोजेटिभ रिजल्ट आयो। अब परयो फसाद । दिदी अतालिनु भयो । रुम क्वारेन्टाइन बस्ने बेला भयाे । हङकङकाे सानाे सानाे काेठा एउटै टाेइलेट बाथरूम प्रयाेग गर्नु पर्ने हुनाले याे ओमिक्रोन जस्तो भाइरस जसकाे संचरण दर (transmission rate) अरू भेरिएन्टको भन्दा हाइ छ। जोगिनु निक्कै गाह्रो भयो । कल गरि गरि “को बाहिर छ ? मलाई टोइलेट जानू पर्ने भाे” भन्दै साेध्दै हामी बाहिर निस्किदा अरू निराेगीहरू काेठामा पस्ने र उनिहरू बाहिर हुँदा हामी काेठामा पस्ने लुकामारि खेले जस्तै गरेर ५ दिन कटाईयाे।
त्यसपछि अब हल्का सन्चाे भएको जस्तो हुदै गयाे । दिदीले पनि अब तिमिहरू दुईजना आफ्नो खाना आफै पकाएर खानु भन्ने आदेश बक्सिनु भयो । हामीले त्यसै गर्न थाल्यौं।
२२ तारीखको दिन बेलुकी ५ बजे तिर हेल्थ डिपार्टमेन्टबाट कल आयो । “लिम्बू तेरो मोबाइल चार्जर, ज्याकेट रेडि गर है । क्वारेन्टाइन जानू पर्छ । तलाइ लिन भाेलि र पर्सि भित्र आउछ ” भनेर भन्यो । कल गरेको पर्सिको दिन २४ फेब्रुअरीमा बिहान १०:३० बजे फेरि कल आयो। ११ देखि १२ बजे भित्र तलाइ पिक अप गर्न आउँछ। रेडि हुनु भन्यो। मैले ओके भने। ११:३० बजे मुनिको राेडमा लिन आईपुग्यो । समान पहिला नै तैयारी अवस्थामा भएकालेे तुरुन्तै मुनी पुगेँ।
मिनिबस कुरिरहेको थियोे मलाई । १२ बजे तिर चार तारे रिगल होटल, काउलुन सिटिमा ल्याइपुरायो। तापक्रम मेसिनमा स्क्यान गर्ने र आइडी कार्ड दर्ता गराइसके पछि एउटा खाम र ४ पत्ता कागज हातमा थमाइदियो र १३ औं तल्ला सम्म लिफ्टमा जानु अनि हिडेर १४ तल्लामा जानुु भन्याे।
मेराे काेठा नं १४०३ थियाे। काेठा नम्बर खाेज्दै गएँ। काेठा नम्बर भेटाउन त भेटाएँ तर कसरी खाेल्ने फसाद परयो । डोर बेल बजाएँ खुल्दैन । टकटक गरेँ खुल्दै खुल्दैन। ढाेका ढकाल्छु खुल्दैन । वरिपरि कोहि मान्छे छैन । सुनसान छ । एकछिन यतिकै उभि रहेँ। यसाे ढाेकामा हेरेकाे त कार्ड सिस्टम रहेछ जस्तो लाग्यो । अनि पाे दिएकाे खाम हेर्दा त त्यसभित्र कार्ड रहेछ। बल्ल ढाेका खुल्याे। २४ फेब्रुअरी दिउँसो १२ बजेबाट होटेल क्वारेन्टाइन सुरु भयो ।
होटेलको नियम र समय तालिका लेखिएको कागज बमोजिम दिउँसोको खाना १२:३०मा आयो । ढोका टकटक गरेको आवाजबाट थाहा भयाे। खानाभित्र ल्याएँ। डे वानकाे खाना चिकन करि । तर मह मिसाकाे जस्ताे गुलियाे भात। ब्राेकाउलि र गाजर बाेईल्ड गरेकाे अनि अलिकति सुप दियाे । खाना खान निक्कै गाह्रो भाे।भरे भाेक लाग्छ हाेला भनेर जबरजस्ती खाएँ। रूम राम्रो थियो।
एकलै बस्नु पर्ने भएकोले आनन्दै भयो । हङकङ आए देखी यसरी सुतेर बस्ने दिन कहिले आएको थिएन गजबै भो गाँठे भनेर मनमनै खुशी पनि लाग्याे । अब यहाँ केही दिनको लागि एक प्रकारको बन्दी जीवन बिताउनु थियो । घरपरिवारलाई जानकारी गराएँ। साथीभाइसंग बाेल्ने प्रशस्त समय थियो। यसरी नै पहिलो दिन बित्यो ।
भोलिपल्ट बिहानै फोनमा म्यासेज आयो
याे म्यासेज मुताबिक मार्च १तारीख मलाई जेल मुक्त गर्ने रहेछ भनेर ढुक्क भएँ। भोलिपल्ट बिहान ८ बजे ढोकाबाट आएको टकटक आवाजले निद्रा खुल्यो । मास्क लगाएर ढाेका बाहिर राखिदिएको खाजा ल्याएर खाईयाे । १४ तारिखबाट बिरामी भएकोले नुहाएकाे थिईन ।बीचमा निकाे भएर पनि कतै बल्झिहाल्छ कि भनेर कपाल मात्र एक पटक नुहाएकाे थिएँ। किन कि पहिला कोभिड-१९ काे शुरूवाति र डेल्टाकाे समयमा निकाे भएर नुहाउदा पनि फेरि ज्वरो बल्झिएर निमाेनिया भएर ज्यान गयो रे भन्ने धेरै सुनेकाे हुनाले त्यसकाे असर मेराे दिमागमा परेकाे थियाे। आज १२ औं दिनमा यहि होटेलमा नुहाएर छाला पातलो बनाएँ। जाडाे माैसम भएकाेले कपाल कसरी सुकाउने चिन्ता थियाे । कतै फेरि चिसाे गाडिएर बिरामी पर्छु कि भन्ने। तर अजिङ्गरकाे आहारा दैबले जुराउछ भने झैँ बाथरुमकाे ड्रवेरमा हेयर ड्रायर पनि रहेछ। यसरी चिसाेबाट आफुलाइ बाल बाल बचाउदै होटेल क्वारेन्टाइनकाे जीवन बिताउँदैछु।
आज दोस्रो दिन बित्यो अझै ४ दिन बस्नुपर्ने भएकोले समय किल गर्न बिजय पाण्डेको आत्माकथा ” खुसी” किताब ल्याएको थिएँ। तेस्तै मोबाईलमा फिल्महरु हेर्ने, अडियोहरु सुन्ने, बेलाबेला आफन्त साथी भाइहरुसंग बोलेर दिन बिताउनै परयो । हाेटेलले दिएकाे खाजा, खानाहरुको फाेटाे खिच्दै ,बाहिर देखिने दृश्यकाे फाेटाे खिच्दै भिडियाे बनायाे फेसबुकमा अपलाेड गरयो। यसरी नै धेरै समय बिताएँ।
आज छैटौं दिनमा आएर यो महसुस भै रहेछ कि हरे ! के रहेछ र जिन्दगी ? हिजाेकाे हतारिलाे जिन्दगी अनि अहिलेकाे याे फुर्सदिलाे जिन्दगी दाँजेर हेर्छु । मेराे जिन्दगीकाे हरेक पल बिहान उदाउने घाम संगसंगै बेलुका अस्ताएर गैररहेछ। किस्ता किस्तामा मेरो जीवन मेरो हातबाट उम्किरहेको अहिले प्रत्यक्ष अनुभव गरिरहेछु। हिजाे फुर्सद नहुँदा म मेराे कामलाई प्राथमिकता दिएर बाहिर घाम उदाएकाे र अस्ताएकाे पनि नदेख्दाे रहेछु । एकाेहाेराे मेराे परिवारकाे आवश्यकता छोराछोरीको खुसी मेरो परिवार प्रतिको उत्तरदायित्व मात्र बोकेर एउटा निस्पट अध्याराे जीवन घिसारेर हिडिरहेकाे रहेछु। अनि मेराे जीवनकाे समय कसरी बगिजादाे रहेछ म केही थाहा पाउदिन रहेछु । यसाे ऐनामा हेर्दाहेर्दै मेरो गालाकाे मासु चाउरिएकाे, आँखाको मासु लत्रिएकाे, कपाल सेताम्यै फुलेकाे हेरिरहेको हुन्छु । म यसलाई मेराे जिन्दगीकोअनुपम उपहार सम्झिएर स्विकार्दै नतमस्तक हुँदाेरहेछु।
जीवन कसरी सकिदाे रहेछ भनेर बुझ्नलाई यस्ताे समय व्यतीत गर्न पनि आवश्यक हुदोरहेछ भन्ने आभास भैरहेकोछ अहिले । यस्तै यस्तै मनाेभाव सङ्गाल्दै याे बन्द काेठा बाट मेराे जिन्दगी चिप्लिएर जाँदै गरेको हेरिरहेको छु। धन्यवाद ओमिक्रोन मलाई मेराे जिन्दगीसंग नजिक हुने अवसर दिलायाै ।
आज न्युक्लिक एसिड टेस्ट गरेको १७ दिन भैसक्याे। तर पनि मलाई याे खाेरबाट निस्किने आदेश आएको छैन । मलाई कतै बिर्सनु त बिर्सिएन ? भन्ने पनि लागीरहेको छ।